काफलचौरमा बोलेरो जिप पल्टिँदा एकको मृत्यु ,७ जना घाइते

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान विहान ११ः२० बजेको समयमा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिपअचानक गुडेर पल्टिदा जिपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौमाया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही जिपमा सवार अन्य सात जना घाइते भएका छन् ।

घाइते गर्बुजालाई उपचारको लागि बेनी अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयाे । रोकेर राखेर सामान राख्ने क्रममा जिपआफै करिब एक मिटर पर गुडेर सडकमा पल्टिएको थियो । जिपमा चालक सहित ९ जना सवार थिए । उहाँका अनुसार, घाइते मंगला २ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र ५ वर्षीय रिवान केसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । चालक न्युप्रसाद पुर्जालाई नियन्त्रणमा लिएर छानविन थालिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयाे ।

मंगला गाउँपालिका–१,की १५ वर्षीया बबिना परियार बेनी अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएकी छन् । मंगला–२, की २२ वर्षीया विपना कार्की, मंगला–१ ,का ३८ वर्षीय तेकबहादुर गर्बुजा, मंगला–२ ,का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । मंगला गाउँपालिका र बाबियाचौरका राजु पाण्डेको गाडीमा घाइतेलाई बेनी अस्पताल ल्याइएको थियो । गाउँपालिका अध्यक्ष सतप्रसाद राेका सहित जनप्रतिनिधि, प्रहरी र स्थानीयबासीहरुले घाइतेको उद्दार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार