अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम

दग्नाम । जिल्लाकाे  रघुगंगा गाउँपालिका अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर माध्यमिक विद्यालय चिमखोलाकी स्वदेसी पाईजा प्रथम हुनुभएकाे छ ।  सुक्रबार रघुगंगा गाउँपालिका वडानम्वर ४ को वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगतको आर्थिक सहयोग, सह–आयोजक वाल क्लव र जनता माविको अयोजनामा “बाल विवाह न्युनिकारणमा बिधार्थीको भुमिका” शिर्षक अन्तर मावि वक्तृत्वकाला प्रतियोगितमा १० प्रतियोगीलाई पछि पार्दै अमर मावि चिमखोलाकी  पाईजा प्रथम हुनुभएकाे हाे ।

 

प्रतियोगितामा रघुगंगा मावि पिप्लेका आशिका भुजेल द्वितिय, जनता मावि दग्नामकी सुविना वर्देवा तृतिय र ज्ञानोदय माविका अशोक बिक सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएकाे छ। विजेतालाई १० हजार, ट्रफी र प्रमापत्र, द्वितियलाई ७ हजार प्रमाणपत्र, तृतियलाई ५ हजार प्रमाणपत्र प्रदान गरिएकाे छ । यसैगरी सान्त्वना हुनेलाई २ हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिएकाे छ ।

प्रतियोगितामा रघुगंगामा रहेका ६ वटा विद्यालयका १० जना प्रतियोगीहरु सहभागी रहेका थिए । सहभागी सबै विद्यालाई मायाको चिनो प्रदान गरेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यपक गुन पुनले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रघुगंगा ४का वडा अध्यक्ष पविन गर्बुजले विद्यालयले सञ्चलन गरेको बिभिन्न प्रतियोगितात्मक कार्यक्रमले बिधार्थीको पठन पाठनमा थप टेवा पुग्ने बताउनुभयो । विद्यालयको सुधार र गुणस्तर शिक्षा प्रदान गर्नको लागी स्थानीय, प्रदेश र संघमा सक्दो पहल कदमी चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बिशिष्ट अतिथि रघुगंगा शिक्षा अधिकृत कृष्ण प्रसाद सुबेदीले वक्तृत्वकला जस्तो कार्यक्रमहरु समय अनुकुल आयोजना गर्दा बिधार्थीहरुको व्यक्तिगत क्षमता विकसमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा अन्तर विद्यालय सञ्चालन हुने हरेक प्रतियोगिताले एक विद्यालय देखी अर्को विद्यालयको संवन्धमा थप सुदृढ हुने बताउनुभयो ।

निवर्तमान वडा अध्यक्ष एकबहादुर गर्बुजाले वालविवाहका कारण शारिरिक, मानसिक, आर्थिक, सामाजिक लगाएतका क्षेत्रमा पार्ने असरको बारेमा समुदायमा सचेतनामुलक कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नु भयो ‘लक्षित वर्ग वा समुदायलाई प्रतक्ष सहभागी गराएर वालविवाह गुर्नुको कारण पहिल्याउँदै त्यसको विकल्पसहितको कार्यक्रम ल्याउनु पर्छ ।’

जनता माविका प्रअ गुन पुनले यस्ता अतिरिक्त क्रियाकलापहरु हरेक विद्यालयले गर्न जरुर रहेको बताउनु भयो ।  ‘हरेक बिधार्थीमा रहको क्षमतालाई बृद्धि गर्न आर्थिक, नैतिक र समुदायले साथ दिनु पर्छ,’ उहाँले भन्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिलाल गर्बुजाको अध्यक्षता अमृता वर्देवाको स्वागत र खड्क गर्बुजाको सञ्चालन गरेको कार्यक्रममा बुद्धिजिवी, अविभावक, शिक्षा प्रेमी, शिक्षक बिधार्थी, सरोकारवलाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा विद्यालयका छात्र छात्राहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार