नेपाल मगर संघ अन्नपुर्ण गाउँपालिका अध्यक्षमा रेखीराम पुर्जा मगर चयन

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा रेखीराम पुर्जा मगर चयन हुनुभएको छ । जिल्लाकाे अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ तातोपानीमा शुक्रबार सम्पन्न प्रथप अधिवेशनबाट पुर्जा मगर अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द शेरपुजा मगर ,सचिवमा हिराबहादुर पुन मगर,कोषाध्यक्षमा यामकुमारी सोतन्जा मगर चयन हुनुभएको नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीका सचिवालय सदस्य एवं मगर संघ अन्नपुर्णका संयोजक हिराबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,सदस्यहरुमा ज्ञानबहादुर पुन ,हिराराम बुदुजा पुन,हस्तबहादुर पुन ,बविता पुर्जा ,राजु पुन ,बिष्णु गर्बुजा ,चन्द्रकुमारी राम्जाली ,ओलबहादुर रन्तिजा मगर लगायत रहनुभएको छ । रिक्त सहसचिव सहित सदस्यहरु नयाँ कार्यसमितिले चयन गर्ने जनाइएको छ । कार्यक्रममा नेपाल मगर संघ,जिल्ला समन्वय समितिका अध्यक्ष लोकबहादुर (लोकेश) पुनले राजनितिक आस्था फरक भएपनि मगर समुदायको संस्कार ,कलासंस्कृती ,भाषा पहिचान एकै भएकाले त्यसको उत्थान ,संरक्षण र प्रवद्र्धनका लागि सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभयो । विभिन्न बाहनामा मगर समुदायभित्र फुट ल्याउन खोजिएको बताउँदै त्यसलाई रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा सदरमुकाम बेनीमा हुन लागेको हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुनले मगर समुदायको कला ,संस्कृती र पहिचान संरक्षण तथा थप प्रवद्र्धन गर्न गाउँपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले म्याग्दीमा मगर भाषा उत्थान गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लोकबहादुर फगामी , मगर संघ ,जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष डकमाया पाइजा ,उपाध्यक्ष खम थापा मगर ,सल्लाहकार खिमा पुर्जा ,कोषाध्यक्ष बिष्णु रोका मगर लगायतले बोल्नुभएको थियो । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीका सचिवालय सदस्य एवं मगर संघ अन्नपुर्णका संयोजक हिराबहादुर पुनको सभापतित्व ,जिल्ला सहसचिव रमेश फगामीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य टकबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार