म्याग्दीको विकासका लागि सभापति देउवाको ध्यानाकर्षण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको विकासका लागि नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभा सदस्य तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को नेतृत्वमा विहिबार देउवा निवासमा भएको भेटमा हिमाली जिल्ला म्याग्दीको समग्र विकासका लागि सभापति देउवाको ध्यानाकर्षण गराइएको हो ।

विकासमा पछि परेको म्याग्दीमा अलपत्र ठुला आयोजना निर्माणलाई गति दिन,पर्यटन ,कृषि र जलविद्युत लगायत क्षेत्रलाई प्राथमिकता दिएर पार्टीको तर्फबाट पहल गरिदिन सांसद गर्बुजाले सभापति देउवासमक्ष आग्रह गर्नुभयो।पुर्वप्रधानमन्त्री तथा सभापति देउवाले आगामी दिनमा म्याग्दीको विकास र उन्नतीको लागि पार्टी र आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

भेटवार्तामा गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचन , कांग्रेस म्याग्दीका पुर्व उपसभापति माधवप्रसाद रेग्मी , प्रदेशसभा क्षेत्र (ख)का सभापति टंक पुन ,महाधिवेशन प्रतिनिधि शिव केसी ,प्रदेश प्रतिनिधिहरु छकेन्द्र पुन ,पृजेन भट्टचन र कुसुम मल्ल , म्याग्दी- काठमाडौं सम्पर्क समितीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । उक्त टोलीले कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौडेलसंग पनि भेटवार्ता गरेको थियो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार