कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

  राम प्रसाद घिमिरे

बागलुङ । कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५र४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो ।

‘प्रहरी घटनास्थलमा पुगिसकेको छ, घटनास्थलको मुचुल्का गरेसँगै सबै तिर जानकारी गराइनेछ,’ प्रमुख न्यौपानेले भन्नुभयो शवलाई पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल लगिने र घटनाको थप अनुसन्धान गरिने छ।कालीगण्डकी नदिको पर्वत तर्फको किनारमा एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार