जिल्ला स्तरीय नृत्य प्रतियोगिता: शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि विजयी (तस्बिरहरू)

  म्याग्दी न्युज संवाददाता

बेनी । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरीय शिक्षक तथा विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितिय शिख मावि शिख र तृतिय पाउद्धर मावि पाउद्धरका शिक्षकहरु भएका छन् ।

याे पनि…

जिल्लास्तरीय विद्यार्थी वक्तृत्त्वकलामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि प्रथम

त्यस्तै विद्यार्थी तर्फ क्रमशः प्रकाश मावि, कालिका मावि तिप्ल्याङ र बाल मन्दिर आधारभूत विद्यालय तृतिय भएका छन् । शिक्षक तर्फ १० र विद्यार्थी तर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५ हजार रुपैयाँ,४ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, बेनी नगरपालिका शिक्षा शाखाका जयराम सुबेदी र निर्णायक समुहका संयोजक अजयमिलन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थी र शिक्षक मध्ये छनौट गरेर पोखरामा २६ र २७ गते हुने हुने गण्डकी प्रदेशस्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने प्रमुख थापा मगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार