हिमाल आरोहणका लागि कतारकी राजकुमारीको टोली म्याग्दीमा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । आठ हजार ९१ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा आउनुभएको छ । उहाँ आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गर्नुभएको टोलीमा आउनुभएको हो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, मा अवस्थित छ । इलाईट टे«कीङ कम्पनी मार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आउनु भएको हो । काठमाडौबाट अल्थानीको आरोहण टोलीका सदस्यहरु सिम्रिक एयरको हेलिकप्टर मार्फत अन्नपूर्ण गाउँपालिका–३, दानामा आउनुभएको छ ।

सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालहरुको आरोहण गरिसक्नु भएकी राजकुमारीले आफुलाई अन्नपूर्ण हिमालको आरोहण लगतै अन्य हिमालको समेत आरोहण गर्ने योजना भएको बताउनुभयो ।

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने पुर्जाले बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाई छ ।

आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर मंगलबार साँझ सम्म दाना आईपुग्ने छन् । दानामा जन्मनुभएको पुर्जा आफ्नो जन्मथलोम ाबस्ने योजना रहेको उहाँले बताउनुभयो ।सामग्रीहरु हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ ।

आरोहण टोलीलाई नागरिक अभिनन्दन् र बाजागाजा सहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३, का वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।सन १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार