स्तन तथा पाठेघरको क्यान्सर निशुल्क शिविरबाट २६७ जना लाभान्वित

  म्याग्दी न्युज संवाददाता

भगवती। म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा सञ्चालित स्तन तथा पाठेघरको क्यान्सर सम्वन्धि निशुल्क परिक्षण तथा उपचार शिविरबाट २६७ महिलाहरु लाभान्वित भएका छन् । मोना अन्तर्राष्ट्रिय कार्यसमितिको आयोजनामा दुई दिनसम्म संचालन शिविरबाट वडानम्वर १, २ र ३ का २६७ महिलाहरु लाभान्वित भएका हुन्।

महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुने सम्भावित खतरामा जोगाउन महिलाहरुको जाँच, पहिचान, परामर्शसहित निशुल्क औषधी उपलब्ध गराईएको मोना आईईसीका सचिव सुवोध बरुवालले बताउनुभयो । शिविरमार्फत ३५ जनामा विभिन्न लक्षण पहिचान भएको छ ।

शिविरमा काठमाण्डौ क्यान्सर सेटर हस्पिटलबाट २ जना विशेषज्ञ डाक्टरसहित ४ जना र रघुगंगा गाउँपालिकाबाट उपलब्ध स्वास्थ्यकर्मीको सहयोगमा सेवा प्रदान गरिएको थियो । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिती (मोना आईईसी) महिला विभागको आयोजना, तृप्ति फाउण्डेशन अस्ट्रेलियाको आर्थिक सहयोग र काठमाण्डौ क्यान्सर सेटर हस्पिटल भक्तपुरको प्राविधिक सहयोगमा शिविर गरिएको थियो । मोना आइईसीले फागुन २६ र २७ गते अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा शिविर संचालन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार