मोना कतारको अध्यक्षमा पौडेल

  म्याग्दी न्युज संवाददाता

दोहा । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा राजु पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न ११ औं साधारणसभा तथा २० औं वार्षिकोत्सवबाट अध्यक्ष पदमा पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानियाँ,महासचिवमा भुमिसोर सापकोटा,सचिवमा गृह प्रसाद (कृष्ण) शर्मा, कोषाध्यक्षमा सुमन घर्ती, सह–कोषाध्यक्षमा याममया रोका रहनुभएको छ ।

त्यसैगरी महिला संयोजकमा टीकामया रोका, महिला उपसंयोजकमा खुमा पुन,कमल खत्री, अन्नपूर्ण गाउँपालिका संयोजकमा कृष्ण खड्का (शिव) रघुगंगा गाउँपालिका संयोजकमा नरेन्द्र कुमार दर्जीलाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरुमा कमल परियार,राम बबहादुर बिक,गंगाधर कँडेल,टेकनाथ सुवेदी,बम बहदुर थापा,वीर बहादुर सुनार,रिपोट खत्रीरोसन पौडेल,भुपेन्द्र बहादुर पुर्जा रुकुम बहादुर बिक, बिस्णु खत्री रहनुभएको निर्वाचन समितिले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष प्रेम रसाईली, पूर्व अध्यक्ष बिक्रम कार्की, रेशम शाही, तिलु शर्मा, एनआरएनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । अध्यक्ष नरेन्द्र फगामीको अध्यक्षता, स्वागत राजु पौडेल र सञ्चालन अजय कुँवरले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । रोजगारी र पेशा व्यवसाय लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरु आवद्ध संस्था मार्फत जिल्लाको विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रका साथै कतारमा समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार