राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा बिजय घर्ती मगर

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा बिजय घर्ती मगर चयन हुनुभएको छ । शुक्रबार राति अवेर सम्पन्न ११औं जिल्ला अधिवेशनबाट धवलािगरी गाउँपालिका, ४ मुदीका घर्ती अध्यक्ष चयन हुनुभएको हो ।

अधिवेशनबाट अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वारका प्रदिप तिलिजा उपाध्यक्ष तथा मंगला गाउँपालिका, १ कुहुँका सुशान किसान सचिव चयन हुनुभएको छ । त्यस्तै, सहसचिवमा सौगात गुरूङ र गौरी गर्वुजा र कोषाध्यक्षमा प्रतिश श्रेष्ठ चयन हुनुभएको छ। अधिवेशनबाट ५१ सदस्यीय समिती चयन गरेको जनाइएको छ । अध्यक्ष घर्ती मगरले संगठनलाई थप शसक्त बनाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार