निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन

  म्याग्दी न्युज संवाददाता

बेनी। निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ। संघको शनिबार बेनीमा सम्पन्न २२ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । संघको प्रमुख बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, बरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षमा प्रवीण सपाकोटा, नरसिँहबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल चयन हुनुभएको छ ।

महासचिवमा दिनेश केसी, उपमहासचिवमा इन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल, सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल चयन हुनुभएको छ।

सदस्यहरमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुंगना, नविन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल, जंगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल चयन हुनुभएको संघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार