मोना कुवेतको अध्यक्षमा छन्त्याल (तस्बिर सहित)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा दिपक छन्त्याल चयन हुनुभएको छ । मोना कुवेतको शुक्रबार सम्पन्न तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सवबाट अध्यक्ष पदमा छन्त्याल सर्वसम्मत चयन हुनुभएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा आसा बस्याल, उपाध्यक्षमा तेजिन श्रेष्ठ, उपाध्यक्षमा बाबुराम गौतम, उपाध्यक्षमा अर्जुन चोखाल,महिला उपाध्यक्षमा निर्मला पुन, महासचिवमा बिमल पुन, कोषाध्यक्षमा तार्जन पुन,सचिवमा सुबास सापकोटा, प्रबक्तामा अङकित गैरे,सह–कोषाध्यक्षमा गौउदेबि फगामी, सहसचिवमा झलक श्रीपाली, उप–सचिब मन देबि गुरुङ चयन हुनुभएको छ ।

युबा संयोजक चुन बहादुर रोका,खेलकुद प्रमुख नबिन थापा,खेलकुद उपप्रमुख नारायण थापा,टिम म्यानेजर लिल बहादुर रोका रहेको महासचिव बिमल पुनले बताए । त्यसैगरी सदस्यहरुमा भक्त हर्मेल, प्रेम बहादुर पुर्जा, गिता देबि रोका, बिष्णु पाइजा हर्क बहादुर रोका बिसाल थापा निर्मल पुन ओम प्रकास पुन चिबिन घर्ति खिम बहादुर छन्त्याल सोम श्रीष राम बहादुर बिक पारस फगामी, बिजय हर्मेल, गोकुल बुदाथोकी, मनजित गैरे रहनुभएको छ ।

अध्यक्ष मान बहादुर फगामीको सभापतित्वमा सम्पन्न अधिवेशनको नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको उद्घाटन गर्नुभयो । कुवेतको नेपाली संघ सस्था मध्य मोना कुवेत पनि निकै सकृय रहेको भन्दै अतिथिले प्रशंसा गरेका थिए । महासचिब तेजेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नन्दबहादुर बरुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गर्नुभएको थियो । संस्थामा उच्च योगदानको कदर गर्दै निर्वतमान अध्यक्ष मान बहादुर फगामी, वरिष्ठ उपाध्यक्ष नन्द बहादुर बरुवाल र उपाध्यक्ष चन्द्र गोतामेलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । नव निर्वाचित अध्यक्ष दिपक छन्त्यालले कुवेतमा रहेका म्याग्दीलीहरुलाई एकताबद्ध गरी विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार