स्ववियु निर्वाचनः मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला शिक्षा क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गर्नुभयो भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाउनुभएको छ ।

त्यस्तै सचिवमा अनेरास्ववियूका रविन शाहीले १३० मत र कोषाध्यक्षमा तारा रानाले १२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती (१३२), विन्दा रोका (१३५), सजिना सुबेदी (१३५), किशोरी फगामी (१३४), यूमायाँ दर्जी (१३२) पाएर विजयी भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताउनुभयो।

जम्मा २१२ मतदाता रहेको क्याम्पसमा १४३ मत खसेको थियो । निर्वाचन नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले भने बाहिस्कार गरेको थियो । समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा समानुपातिकमा भने एक सिट पाउने भएको छ । बिहान ८ बजेर १० मिनेटमा शुरु भएको र ४ बजे सम्म १४३ जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार