दग्नाममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना, रघुगंगा गाउँपालिका–४ दग्नामको सहआयोजक र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा यही चैत्र ११ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा बेनी अस्पतालमा कार्यरत फिजिसीयनद्धारा स्वास्थ्य चेकजाँज, सुगर, प्रेसर, दम लगायत अन्य दिर्घरोगहरुको पहिचान तथा मरामर्श, हाडजोर्नी तथा नशा सम्बन्धी रोगको पहिचान, आवश्यक उपचार सहित परामर्श गरिएको कार्यक्रम संयोजक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

दुर्गम बस्तीका गरिब बिपन्न नगरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष भरत बहादुर रकालले जानकारी दिनुभयो । वडा अध्यक्ष पविन गर्बुजाले शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन सम्पूर्ण वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार