सामुदायिक विद्यालयलाई समयमै पाठ्यपुस्तक वितरण गर्ने तयारी

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो ।

महासंघमा आबद्ध २८ जना व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयहरुलाई सहज रुपमा पाठ्यपुस्तकको उपलब्ध गराउन विक्रि केन्द्र स्थापना गरेको महासंघका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, गत बर्ष पुस्तक विक्रि भएको तथ्याङ्कको आधारमा आगामी शैक्षिक सत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मको लागि १४ हजार ६७० जना विद्यार्थीहरुलाई लक्षित गरेर पुस्तक ल्याइएको छ ।

म्याग्दीमा कक्षा ७ को सामाजिक बाहेक अन्य अधिकाँश कक्षाका पुरा सेट पाठ्यपुस्तक नै बेनीमा ल्याइसकिएको महासंघले जनाएको छ । अपुग पाठ्यपुस्तक समेत छिटै बेनीमा आइपुग्ने र चैत २८ गतेदेखि पाठ्यपुस्तक विक्रि वितरण सुरु गरिने जनाइएको छ । म्याग्दीमा विगत नौ बर्षदेखि व्यवासायिहरुले सामुहिक रुपमा विक्रि केन्द् स्थापना गरेर सरकारी पाठ्यपुस्तक विक्रि गर्दै आएका छन् ।

सबै व्यवसायिहरुको अपनत्वमा सामुदायिक विद्यालयहरुलाई सहज रुपमा समयमै पुस्तक उपलब्ध गराउने उदेश्यले विक्रि केन्द्र सञ्चालन गर्ने गरिएको महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो ।

म्याग्दीका पुस्तक व्यवसायिहरुले करिब रु १ करोड शेयर रकम संकलन गरेर सामुहिक रुपमा पाठ्यपुस्तक खरिद गरेर एकैठाउँबाट विक्रि वितरण गर्न लागेको महासंघले जनाएको छ ।यसैबिच आईतवार बेनीमा सामुदायिक विद्यालयमा सरकारी पाठ्यपुस्तकको सहज उपलब्ध गराउने बिषयमा पुस्तक व्यवसायि र सरोकारवालाहरुबिच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा अहिलेसम्म जिल्लामा ८० प्रतिशत पाठ्यपुस्तक आइपुगेको र वैशाख महिनाभित्रमा जिल्लाका सबै सामुदायिक विद्यालयमा सबै सेट पाठ्यपुस्तक उपलब्ध गराउने व्यवसायिहरुले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले विद्यालयहरुलाई असुविधा र विद्यार्थीहरुलाई अभाब नहुने गरि सहज रुपमा पाठ्यपुस्तक उपलब्ध गराउन ध्यानकर्षण गराउनुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल, शिक्षक महासंघका अध्यक्ष जयराम सुवेदी लगायतले अघिल्ला बर्षहरुमा पुस्तक विक्रि वितरणमा विद्यालयहरुबाट आएका गुनासाहरुबारे व्यवसायिहरुको ध्यानकर्षण गराउँदै विगतका कमिकमजोरी पुनस् नदोहोरीने गरि पाठ्यपुस्तक विक्रि वितरण गर्न सुझाब दिनुभएको थियो । जिल्लामा कूल दुई सय ३३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार