रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ स्थित पात्लेखर्कमा निर्माण भएकोे खेलमैदानको उद्घाटन सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रम विच सप्तऋषि रिखार युवा क्लवको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नु भएको थियो ।

स्थानीय जनसमुदायको माग अनुसार खेलमैदान निर्माण कार्यको लागि चालु आर्थिक बर्षमा रघुगंगा गाउँपालिकाबाट १० लाख रुयैया बजेट बिनियोजन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिभि सभा सदस्य गर्बुजाले युवाहरु जागरुक र अनुशासित भएर लाग्ने हो भने समाज र देशको समृद्धि कुर्न धेरै समय नलाग्ने बताउनु भयो । खेल क्षेत्रको विकासका लागि आफुबाट गर्न सकिने सहयोग पुर्ण रहने गर्बुजाको भनाई छ ।

रघुगंगा–८ कुइने मंगले अन्तरगत घ्याँसीखर्कबासीले रघुगंगा नदीमा बर्षेनी आउने बादीका कारण घ्याँसीखर्क टोल उच्च जोखिमा रहेकोले नदी कतान नियान्त्रणकोलागि टट्बन्धन निर्माण, समुदायीक भवन निर्माण, साहारा स्पोर्ट क्लवको खेलमैदान स्तरन्नोति, पात्लेखर्कमा स्टेज निर्माण लगायतका माग गरेका थिए ।

 

सांसद गर्बुजाले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जिल्लाको विकास र समृद्धीको लागि स्थानीय ,प्रदेश र संघीय सरकारविच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । चुनावमा गरेका वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

 

कार्यक्रममा कांग्रेस म्याग्दीका वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्मा , कांग्रेस प्रदेश ‘क’का सभापति ओम छन्त्याल, महाधिवेशन प्रतिनिधि मुकुन्द छन्त्याल, रघुगंगा प्रमुख भव बहादुर भण्डारी, उपप्रमुख प्रेमकुमारी पुन, सम्तऋषि रिखार क्लवका अध्यक्ष बिवश फगामी, टोल संयोजक धनबहादुर पुन, वडा सदस्य चबहादुर पुन, साहारा स्पोर्ट क्लवका अध्यक्ष केशव छन्त्याल, नेपाल शिक्षक संघ म्याग्दीका उपाध्यक्ष चन्द्रमान छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।

वडा अध्यक्ष गमान छन्त्यालको अध्यक्षता वडा सदस्य प्रिती गर्बुजाको स्वगत र आंकित पुनको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार