कतारकी राजकुमारीद्धारा अन्नपूर्ण हिमालको आरोहण

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँ सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् ।

राजकुमारी अल्थानीलाई आरोही गाइड निर्मल पुर्जा सहितको टोलीले आरोहणमा सहयोग गरेको थियो । कतारी राजकुमारी अलथानी पर्वतारोहणको क्षेत्रमा विश्व रेकर्ड कायम गरेका निर्मण पूर्जाको जन्मगाउँ अन्नपूर्ण–३,दानामा समेत भब्य स्वागत गरिएको थियो ।नेपाली समय अनुसार शनिवार करिब ३ बजेतिर उहाँहरू अन्नपूर्णको शिखरमा पुग्न सफल हुनुभएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिनुभयो ।ई–लाइट ट्रेकिङ कम्पनीले उहाँलाई स्थानीय एजेन्सीको रूपमा समन्वय गरेको थियो ।

शनिवार ४ बजेतिर अन्य दुई टोलीका ८ जना शेर्पा र ६ जना विदेशी गरी १४ जनाले आरोहण गरेका छन् । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादब्लम , मनास्लु, पाकिस्तानको केटु हिमालको आरोहण गरिसक्नु भएको छ ।सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नु भएको थियो ।यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि आठ वटा आरोहण दलबाट ५४ जना आरोहीले अनुमति लिएका छन् । रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेक्नुभएको थियो । उहाँहरुले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार