बेनी नगरपालिका,धवलागिरी,मालिका र मंगला गाउँपालिकामा मोनाको स्तन तथा पाठेघर सम्बन्धि निशुल्क शिविर हुँदै (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना आईईसी) अन्तर्राष्ट्रिय कार्यकार्यसमिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा सञ्चालित स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर जिल्लाको अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा सम्पन्न भएको छ । भने अन्य पालिकाहरुमा भोली आइतबारदेखि संचालन हुने आयोजकले जनाएको छ ।धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर गर्ने भएको छ।

शनिबार मोना आईईसीको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बैशाख १० र ११ गते,बैशाख १२ र १३ गते दरबाङ, बैशाख १४ र १५ बावियाचौर र बैशाख १६ र १७ गते बेनी नगरपालिका–२,मा शिविर सञ्चालन गरिने मोना आईईसीका सचिव सुबोध बरुवालले बताउनुभयो ।महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुने सम्भावित खतरामा जोगाउन महिलाहरुको जाँच, पहिचान, परामर्शसहित निशुल्क औषधी उपलब्ध गराईएको मोना आईईसीका सचिव बरुवालले बताउनुभयो । उहाँका ,शिविरको तयारी पुरा भएको छ ।

काठमाडौं स्थित क्यान्सर सेटर हस्पिटल भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा समस्या भएकालाई थप उपचारका लागि रिफर गरिने छ । शिविरमा काठमाडाै‌ं क्यान्सर सेन्टर भक्तपुरको डा. किशोरकुमार प्रधानाङ्गको नेतृत्वमा ४ जनाको टोली खटिएको छ ।डा. प्रधानाङ्गले म्याग्दीको ग्रामिण क्षेत्रमा पाठेघरको समस्या भएका धेरै महिला भेटिएको बताउनुभयो । उहाँले जनचेतनाको अभावका कारण पाठेघरमा समस्या देखिएका महिलाहरु भेटिएको बताउँदै शिविरमा आएर उपचार गर्न समेत अनुरोध गर्नुभयो ।

भिडिओ हेर्नुहोस्

पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने चिकित्सको सुझाव रहेको छ।पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले जानकारी बताउनुभयो ।शिविरमा मोना आइसीका मलेसिया प्रतिनिधि पूर्ण रोका सहितको टोली खटिएको छ । स्थानीय तहसँग समन्वय गरी भइरहेको शिविरबाट लाभ लिन समेत सबै वडामार्फत लक्षित बर्गलाई अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार