धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो

  धनिलाल गर्बुजा

बेनी । म्याग्दी स्थित धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव ७ महिनापछि भेटिएको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव शुक्रबार बिहान भेटिएको हो।

७ महिना अघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत विदेशी पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका लामा प्रतिकुल मौसमका कारण बेपत्ता भएका थिए ।

पाँच हजार तिन सय मिटर उचाईमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुदै काठमाडौ लगिएको छ । फेला परेको शव सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामा  भएको उद्धारका लागि आधार शिविर पुगेका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

आफन्तको अनुरोधमा शवको खोजीमा शेरचनसहित तीन दिनअघि नेपाली सेनाका दुईजना र मृतकका आफन्त सुनिल तामाङ एकजना गरी चारजनाको टोली आधार शिविर पुग्नुभएको थियो ।

बेपत्ता लामाको खोजी कार्यमा नेपाली सेना सहितको टोलीले विशेष उपकरणको सहायताबाट ५ फिट हिउँ भित्र गाडिएको अवस्थामा  शव फेला पारेको शेरचनले बताउनु भयो ।

‘बेपत्ताको खोजी कार्यको क्रममा पचासौं लाख भन्दा बढी खर्च भइसकेको छ, ‘तर कुनै प्रमाण फेला परेको छैन,’ ‘मृतकको आफन्तले खोजी कार्यमा सहयोग गरिदिन अनरोध गरेपछी आफुले विना पारश्रमिक मानवताको हिसावले उद्धारमा खतेको हो,’ सेरचनले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार