म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका–५, मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो ।

छन्त्यालको दिवंगत शरिरलाई मंगलबार पोखरामा दाहसंस्कार गरिने भएको छ। दिवंगत हुनुभएकी छन्त्याल मल्कवाङको सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउनुभएको थियो । हिमबहादुर छन्त्याल सहित तीन भाई छोरा र एक बहिनी छोरीको आमा हर्कदेवीको जन्म २००७ फागुन १२ गते भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार