प्रेस चौतारी नेपाल म्यादीको १८ औं वार्षिक साधारणसभा ,पत्रकार कृष्ण जिसी सम्मानित

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य समेत रहनुभएका जिसीलाई कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र प्रेस चौतारी म्यादीका अध्यक्ष प्रताप बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

????????????????????????????????????

सो कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । उहाँले समाजमा पछाडि पारिएका समुदाय र विकास निर्माणमा हुने ढिलासुस्ती तथा विकृतिका बारेमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापना गर्न नेपाली पे्रस जगतको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । पत्रकार पनि समाजको अभिन्न अङ्ग भएकाले राजनीतिक दलले पत्रकार र पत्रकारिता पेशामाथि हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

????????????????????????????????????

पत्रकारिता पेशा र पे्रस जगतको हकहित संरक्षण र प्रवर्धन गर्न सबै पेशागत सङ्गठनहरु एक हुनुपर्ने बताउनुभयो । पत्रकारीता क्षेत्रमा देखिएको विकृति हटाउन पनि पत्रकार महासंघको शुद्धीकरण अभियानलाई देशभर प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

????????????????????????????????????

एमाले गण्डकी कमिटी अध्यक्ष शर्माले राजनीतिक क्षेत्रमाजस्तै पत्रकारिता क्षेत्रमा पनि विकृतिहरु देखिन थालेको भन्दै पत्रकार र प्रेस जगतलाई मर्यादित र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । पत्रकारीता क्षेत्रकोे हकहितका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण ज्ञवाली, एमाले म्याग्दीका अध्यक्ष देबेन्द्र केसी लगायतले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

????????????????????????????????????

कार्यक्रममा चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल ,पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम ,नेपाल प्रेस युनियन म्याग्दीका सचिव साधन राम्जाली ,प्रेस सेन्टर म्याग्दीका सचिव धिरन खत्री ,एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्ष दिपक कार्की लगायतले बोल्नुभएको थियो । अध्यक्ष बानियाँको अध्यक्षता, सचिव अमित विश्वकर्माको संचालनमा भएको कार्यक्रममा चौतारीका केन्द्रिय र प्रदेशस्तरका पदाधिकारी, जिल्लाका नेता एवम् विभिन्न संगठनमा आवद्ध ब्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार