गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यवसायिक कृषि गर्दै आएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।गाउँपालिकाले हाते ट्याक्टरका साथै सुन्तला खेती गर्ने कृषकहरुलाई सुन्तला टिप्नका लागि प्रयोग गर्ने भ¥याङ लगायतका कृषि औजारसमेत वितरण गरेको छ । किसानलाई आधुनिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार अनुदानमा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

अगुवा कृषक र कृषक समुहलाई गरि १६ वटा मिनिटेलर हलो, १० वटा तौल मेशिन, नौ वटा सुन्तला टिप्ने भ¥याङ, २३ वटा सिकेटर र २० वटा आरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको अन्नपुर्ण गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्तबहादुर शाहीले बताउनुभयो ।चालु आर्थिक वर्षको ११ लाख ९८ हजार पाँच सय रुपैयाँ बजेटमार्फत कृषकको मागका आधारमा छिटो छरितो र सहज रुपमा काम गर्ने प्रविधिहरु खरिद गरेर कृषकलाई वितरण गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी र कृषि शाखा प्रमुख शाहीले कृषकलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

अध्यक्ष पुनले कृषि खेती गर्ने परम्परागत प्रणालीलाई सुधार गर्दै आधुनिकीकरण तर्फ लैजाँदै कृषकको उत्पादन वृद्धि गराउनका लागि कृषि औजार वितरण गरिएको बताउनुभयो । असली किसानहरुलाई सहयोग, प्रोत्साहन र सम्मान गर्न पालिकाले सधै तत्परता देखाउने अध्यक्ष पुनको भनाई थियो ।कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमिकता दिएर करिब एक करोड बजेट विनियोजन गरेको अध्यक्ष पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार