व्यवसायी घिमिरेद्वारा गलेश्वरधाम आमा समूहलाई कुर्चि सहयोग

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । मंगलवार गलेश्वरमा आयोजित एक कार्यक्रम बिच बेनी बजारका व्यावसायी लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो ।

गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी मार्फत आमा समूहका अध्यक्ष फुलकुमारी रोकालाई व्यवसायी घिमेरेले उक्त कुर्चि हस्तान्तरण गर्नुभएको थियो । मंगलदीप अगरबत्तिको आधिकारीक विक्रेता समेत रहनुभएका घिमिरेले व्यापार व्यवसायबाट भएको आम्दानीको केहि हिस्सा सामाजिक उत्तरदायित्वको क्षेत्रमा परिचालन गर्ने उद्देश्य आमा समूहलाई कुर्चि सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत सामाजिक क्षेत्रमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मी, उपाध्यक्ष बमबहादुर पुन र आमा समूहका अध्यक्ष रोकाले व्यवसायी घिमिरेले उपलब्ध गराएका कुर्चि आमा समूहसंगै गलेश्वर क्षेत्रका सामाजिक कार्यमा उपयोगी हुने बताउँदै सहयोगदातालाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

आमा समूहकी अध्यक्ष रोकाको अध्यक्षता सचिब निसा जिसीले सञ्चालन गर्नुभएको कार्यक्रमा सल्लाहकार रविना भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार