एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा पुनः म्याग्दीका केसी

  म्याग्दी न्युज संवाददाता

बेनी । गैर आवासीय नेपाली (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा पुनः लाल केसी चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४,मा जन्मनुभएका केसी एनआरएनए न्युजिल्याण्डको दोस्रो कार्यकालकाे लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो। कृषि व्यवसायी समेत रहनुभएका केसी २००५ देखि एनआरएनएमा सक्रिय हुनुहुन्छ । अध्यक्ष केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई सर्ववसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गनुएभएको छ ।

lal kc

यसअघि आफ्नो कार्यकालमा ठुला उपलब्धीहरु हासिल गरिएको बताउनुभयो । आफुहरुको अभियान र पहलबाट नै अहिले ‘गैर आवासिय नेपाली नागरिकता’ प्राप्त गर्न सफल भएको उहाँको भनाइ छ । प्रवासमा रहेका नेपालीहरु बिचमा भाइचारा स्थापित गर्दै गृहजिल्ला म्याग्दी सहित नेपालको सामाजिक ,आर्थिक उन्नती तथा रुपान्तरणको लागि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्थालाई थप गतिशिल बनाउँदै लैजाने उहाँले योजना सुनाउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार