बेनीमा गणित विषयका शिक्षकहरुलाई तालिम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा  आइतबार गणित विषयका शिक्षकहरुको लागि एकदिने तालिम सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति, म्याग्दीको आयोजनामा गणित विषयका शिक्षकहरुको लागि एक दिवसीय तालिम, छलफल तथा अन्तत्र्रिmया कार्यक्रम गरिएको हो ।

विद्यालय तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुको शिक्षण क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमको प्रशिक्षक नवराज पाठकले गणित विषयको परिवर्तित पाठ्यक्रम र मूल्याङ्कनसम्बन्धी विषयमा अभिमुखीकरण गराउनुका साथै सहजीकरण गर्नुभएको थियो । तालिममा ५० जनाले सहभागिता जनाएका थिए ।

एडलाइड प्रकाशन प्रालि काठमाडौंको समन्वय र एडलाइड पब्लिकेसन धौलागिरिको बिक्रेता सगुन स्टेशनरी स्टोर्सको सहकार्यमा सञ्चालित कार्यक्रमको उद्देश्यमाथि एलाइड प्रब्लिकेशनका प्रवन्ध÷निर्देशक विनोदराज उपाध्यायले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम प्याब्सन म्याग्दीका अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता, सचिव दिपक सुवेदीको सञ्चालन र कोषाध्यक्ष वीरेन्द्र घर्तीको स्वागतमा सम्पन्न भएको थियो । प्याब्सन म्याग्दीले खासगरी जिल्लास्थित संस्थागत विद्यालयहरुको क्षमता अभिवृद्धि र विकासमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार