मोना मलेसियाको अध्यक्षमा रोका

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेसियाको अध्यक्षमा पुर्णप्रसाद रोका मगर चयन हुनुभएको छ । दोस्रो महाधिवेशनबाट जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँका रोका सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्ष सन्तोष सरगम विक, जोगलाल पुन, महासचिव केश बहादुर रोका, सचिव एवम् खेलकुद संयोजक मनोज तिलिजा, सह–सचिब भगवान खत्री, कोषाध्यक्ष छम बहादुर शाही रहनुभएको छ ।

महाधिवेशनले कार्यसमितिको सदस्यमा विनोद पुन,विकाश रोका,देव गौतम, सागर पाईजा, अमर बानियाँ, तुजन रोका, रीतु रोका, हरि विक, गणेश पुन र कुलेन्द्र विक रहेको महासचिव केशबहादुर रोकाले बताउनुभयो। मोना मलेसियाका अध्यक्ष मोना अन्तर्राष्ट्रियका कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

महाधिवेशनबाट संंरक्षक बम बहादुर सुनार र सल्लाहकार लाल बहादुर रोकालाई चयन गरिएको छ। महाधिवेशनको उद्घाटन गदैं सल्लाहकार लालबहादुर रोकाले मलेसियामा आउने म्याग्देलीलाई मोनाको सञ्जालमा जोडिन अनुरोध गर्नुभयो। अध्यक्ष रोकाले मलेशियामा रहेका म्याग्दी लगायत सबै नेपालीहरु बिचमा एकता बनाइ आगामी दिनमा आपसी सहयोग ,सहकार्य र समन्वय गरी अगाडी बढ्ने बताउनुभयो ।यसैगरी नयाँ कार्यसमितिलाई मोना अन्तर्राष्ट्रिय कार्यसमितिले समेत बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार