नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा म्याग्दीबाट तीन जना

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीबाट तीन जना मनोनित हुनुभएको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा म्याग्दीबाट निर्मल खत्री,सुजता खत्री र टेकेन्द्र गर्बुुजा सहित ७१० जना मनोनीत गर्नुभएको हो । निर्मल खत्री नेविसंघ म्याग्दीको सभापति हुनुहुन्छ । सुजता म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई सभापति हुनुहुन्छ । भने  नेपाल विद्यार्थी संघ रघुगंगा गाउँपालिका संयोजक ,पृथ्वीनारायण क्याम्पस मानविकी समुहको सचिव र प्रथम वर्षको सभापति,नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश सदस्य हुनुहुन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार