एनआरएनए आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका ददिवल खड्काको उम्मेद्वारी घोषणा

म्याग्दी । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,घार जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का एनआरएनए एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । एनआरएनएको आगामी अक्टुबर १७,१८ र १९ मा महाधिवेशन हुँदैछ ।

संस्थालाई थप प्रभावकारी र गतिशिल बनाउन आफुले उम्मेद्वारी घोषणा गरेको उहाँले बताउनुभयो । आफुले यसअघि एनआरएनएमा रहेर गर्नुपर्ने काम र गर्नुपर्ने जिम्मेवारी निस्वार्थ र इमानदारी साथ पुरा गरेको उहाँको भनाइ छ । सामाजिक क्षेत्रमा क्रियाशिल प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना अन्तर्राष्ट्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष भएर विभिन्न सामाजिक काम गरिसक्नुभएका खड्का नेपाली व्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । खड्का करिब ३३ वर्षदेखि जापानमा रियलस्टेट र रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनुभएको छ ।

खड्काले एनआरएनए मार्फत समाज ,आफ्नो जन्मभुमीको सेवा गर्न र प्रवासमा छरिएर रहेका नेपालीहरुको हकहित र अधिकार स्थापित गर्न तथा यो कार्यकालमा बाँकी रहेका अधुरा काम र योजना सम्पन्न गर्न सहकोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बताउँदै ५७ वर्षिय खड्काले सबे गैरआवासीय नेपालीहरुलाई सहयोगको आह्वान गर्नुभएको छ । विदेशमा सिकेका सिप सदुपयोग गरी जन्मभुमी रोजगारी सिर्जना गर्न सहकार्य गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार