नेविसंघ म्याग्दीको कार्यवाहक अध्यक्षमा सनम चोखाल

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सनम चोखाल क्षेत्रीले पाउनुभएको छ । अध्यक्ष निर्मल खत्री केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनित भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला कोषाध्यक्ष चोखालले पाउनुभएको हो ।

उपाध्यक्ष झलक जिसी पार्टीको बेनी नगर सचिव र सचिव विशाल खत्री प्रदेशसभा निर्वाचन क्षेत्र (क) सहसचिव भएपछि कोषाध्यक्ष चोखाललाई नेविसंघको विधान २०२७को छैटौ संशोधन २०७३( संशोधित र परिमार्जित २०७५) अनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार