९ हजार सवारी कारबाहीबाट ७३ लाख रुपैयाँ राजश्व संकलन

  साधन राम्जाली/धनिलाल गर्बुजा

म्याग्दी । म्याग्दीमा सवारी कारबाहीबाट एक वर्षको अवधिमा ७३ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा नौ हजार २०० सय सवारी कारबाहीबाट ७३ लाख २७ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको हो । यो अघिल्लो वर्षको तुलनामा धेरै हो । आर्थिक वर्ष २०७८÷७९ मा ९ हजार चार सय ५० सवारी कारबाहीबाट ६३ लाख ९९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी ७३ लाख रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार,गत बर्षमा ट्राफिक नियम उल्लंघन गर्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने,बढी भाडा लिने,रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्नेट्रक÷टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको हो ।

एक वर्षको अवधिमा ९२१ वटा ट्रक÷टिपर ,३१ वटा बस ,पाँच हजार १९ वटा कार÷जिप , एक हजार ४८ वटा ट्याक्टर र १ हजार ६ सय १५ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । गत आर्थिक बर्षको साउन महिनामा चार लाख ११ हजार पाँचसय, भदौमा ४ लाख १० हजार पाँचसय, असोजमा ६ लाख एकहजार पाँचसय, कात्तिकमा ६ लाख ९९ हजार ५००सय, मंसिरमा ६ लाख दूई हजार, पौषमा ४ लाख ९४ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको थियो ।

यसैगरी माघमा चार लाख, ४४ हजार पाँचसय, फागुनमा पाँच लाख ५२ हजार, चैतमा ७ लाख ३४ हजार पाँचसय, बैशाखमा ७ लाख ४७ हजार पाँचसय, जेठमा ९ लाख २८ हजार र असारमा ७ लाख एक हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ । सवारीको चाप र संख्या संगै ट्राफिक प्रहरीको सक्रियता बढेकाले राजस्व समेत अघिल्लो आघिल्लो आर्थिक वर्षमा भन्दा वृद्धि भएको छ । ‘विगत बर्षभन्दा राजश्व संकलन बृद्धि आएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई एकहजारदेखि पाँच हजारसम्म जरिवाना शुल्क लगाईन्छ ,’ प्रहरी सहायक निरिक्षक पौडेलले भन्नुभयो ।गतबर्षमा १३ वटा सवारी दुर्घटना हुदाँ चार जना मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए । क्षमता भन्दा बढी यात्रु बोक्नु ,चालकको लापरबाही ,तीब्र गति,सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्युनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी ,सर्वसाधारण र सवारी चालक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । मालिका प्रेस साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार