भानु माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता तथा शिक्षकलाई सम्मान

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौर स्थित भानु माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यालयका पुर्व विद्यार्थीहरुको समुहद्धारा आयोजित उक्त प्रतियोगितामा ४ सदनले भाग लिएका थिए । प्रतियोगितामा यल्लो हाउस प्रथम ,ब्लु हाउस द्धितिय र ह्वाइट हाउस तृतिय भएका छन् । विद्यालयका प्रअ दिनेश बोगटीका अनुसार हाल बेल्जीयममा रहनुभएका विद्यालयका पुर्व विद्यार्थी रामचन्द्र थापा मगरद्धारा प्रायोजित पुरस्कार वितरण गरिएको थियो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा मगरले उद्घाटन गर्नुभएको थियो । कर्याक्रममा इकाई प्रमुख थापा मगर र वडा अध्यक्ष टेकबहादुर थापा मगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी सवैलै आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष थापा मगरले वडा कार्यालयले विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतबिद्धता जनाउनुभयो ।

यसैगरी कार्यक्रममा माध्यमिक शिक्षा कक्षा १२ ,कक्षा १० र आधारभुत शिक्षा कक्षा आठमा उत्कृष्ट नतिजा सहित विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरु अञ्जु पोखरेल, माध्यमिक शिक्षा कक्षा १० तर्फ कमला पौडेल शर्मा र माध्यमिक शिक्षा कक्षा १२ तर्फ गोविन्द रिजाललाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम रोका मगरको अध्यक्षता ,कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुस्मिता थापा मगरले संचालन गर्नुभएको कार्यक्रममा प्रअ बोगटीको स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संयोजन शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थापा मगरले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार