गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका-६ ले वडाभित्रका सुत्केरीलाई कोशेली लिएर घरदैलोमै पुग्ने अभियान सुरु गरेको छ । वडाका जनप्रतिनिधिले गाउँ तथा टोलमा सुत्केरी महिला र शिशुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोशली बोकेर घरघरमा पुग्ने गरे हो  ।

सुत्केरी भएर घरमै बसेका महिलाहरुलाई भेटेर कोशेलीका रुपमा हर्लिक्स, २ पोका पौष्टीक आहारा, सावुन, शिशुको लत्ताकपडा लगायत शिशुलाई आवश्यक पर्ने साम्रागी सहित नगद रू.२५ सय बराबरको उपलब्ध गराउने गरिएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताउनु भयो  ।

‘विपन्न परिवारका सुत्केरीलाई आवश्यक परेमा खाद्यान्न साम्रागी समेत उपलब्ध गराउने गरेका छौ,‘स्वास्थ्यमा समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग समेत समन्वय गछौं’ वडा अध्यक्ष बानियाँले भने । उनले सुत्केरी महिलालाई कोशेली दिनुको साथै सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि छलफल गर्ने गरेको बताए । सुत्केरी महिलालाई वडाका महिला जनप्रतिनिधिहरु नियमित सम्पर्क गर्ने बताउनु भयो ।

वडाभित्रका गर्भवती महिलाको विवरण संकलन गर्ने गरेकाले सहज भएको बताइएको छ । हालसम्म चारजनालाई कोशेली वितरण गरिएको र यो अभियान निरन्तर रहने वडाले जनाएको छ । यता सुत्केरी महिलाले जनप्रतिनिधिले केशोलीमार्फत आफन्त र माइतीको अत्यास मेटाउँदै अभिभावकीय भुमिका निर्वाह गरेको बताएका छन् ।

यसरी पोषिलो खाना लगेर भेट्न जाँदा उनीहरुलाई सुत्केरी तथा गर्भवती महिलालाई पोषिलो खाना खुवाउनुपर्छ भन्‍ने जानकारी हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी भएमा गर्भवती र सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार