दिवंगत छोरीको सम्झनामा विद्यालयमा ५० हजारको अक्षयकोष

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी एक महिलाले दिवंगत आफ्नी छोरीको सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । दग्नामकी झनदेबी पुनले दिवंगत छोरीको सम्झनामा रु. ५० हजारको कविता स्मृति अक्षयकोष स्थापना गरेको हो ।

बिहीवार एक कार्यक्रमका बीच छोरीको बार्षिक पूण्यतिथिका अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै जनता माध्यमिक विद्यालय दग्नामलाई रकम हस्तान्तरण गर्नु भएको थियो । स्थापना गरिएको अक्षयकोषबाट आउने बार्षिक ब्याँजले विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न समुदयका २ जना विद्यार्थीहरूलाई हरेक वर्ष शैक्षिक सामाग्री प्रदान गरिने विद्यालयका प्रधानाध्यापक खड्क गर्बुजाले जानकारी दिनु भयो ।

जनता मावि दग्नाममा कक्षा ९ मा अध्यनरत छात्रा कविता पुनको २०७९ भदौ १४ गतेका दिन अल्पायुमै असामयीक निधन भएको थियो । अक्षयकोषको माध्यमबाट दिवंगत छोरीको सधैं सम्झना भइरहने पुन परिवारले विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार