मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारण सभा हुँदै

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्धेश्यीय अक्षयकोषको प्रथम साधारणसभा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय संस्थाको शुक्रबार हुने भएको हो । आगामी हरितालिका तीजलाई लक्षित गर्दै साधारण सभासँगै दोस्रो रमाइलो तीज कार्यक्रम–२०२३ को पनि आयोजना गर्न लागिएको हो ।

कतार स्थित सनैयाको ग्राण्ड मलस्थित सेन्चुरी रेस्टुरेन्टमा स्थानीय समय अनुसार दिउँसो २ बजेबाट शुरु हुने कार्यक्रममा कतारमा रहेका म्याग्देलीहरुलाई सहभागी हुन कोषका अध्यक्ष विक्रम कार्कीले आग्रह गर्नुभएको छ। मोना कतार र अक्षयकोषको आयोजना तथा मोना कतार मातहत रहेको सांस्कृतिक र खेलकुद विभागको सहआयोजनामा सम्पन्न हुन लागिरहेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक नरेन्द्र फगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार , म्याग्दीमा लोकप्रिय थाली नाच आकर्षणको केन्द्र रहनेछ । २०७९ साल माघ २७ गते जिल्ला प्रशासन कार्यालय म्याग्दी बेनीमा संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम दर्ता गरी सञ्चालनमा आएको गैरसरकारी तथा गैर नाफामूलक सामाजिक संस्था हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार