अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३

  धनिलाल गर्बुजा

म्याग्दी । अस्ट्रेलियामा विभिन्न पेशा/ व्यवसायमा आवद्ध रहनु भएका प्रवासी नेपालीहरुले हरितालिका तीज धमका २०२३ भब्यरुपमा मनाएका छन् । सेप्तम्बर ९ तारिख अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिल रातो घरमा इभेन्ट वाई रोयलको आयोजना तथा ठकुरी समाज अष्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको सहकार्यमा हिन्दु नारीहरुको महानचाड हरितालिका तिज धमका २०२३ भब्यरुपमा मनाएका हुन् ।

हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा नेपाली कला संस्कृती र परम्परा बचाउने उद्देश्यका साथ राखुबासीको भेतघाट तथा दिदीबहिनीहरुलाई तीजको डर खुवाउने कार्यक्रमको आयोजना गरेको इभेन्ट रोयलका बरिष्ठ सल्हकार सञ्जय मल्ल जनाकारी दिनुभयो । ‘हरितालिका तीज आउन केही दिन बाँकी रहेतापनि प्रवासमा यसको रौनक सुरु भैसको छ,’ उहाँले भन्नु भयो ‘तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगादी र पछाडि बिदाको दिन पारेर चाडबाड मनाउने गर्छन ।’

विदेशमा रहेपनि आफ्नो संस्कृतिलाई जीवन्त राख्न नेपाली महिलाहरुले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको तीज पर्वले विदेशमा पनि नेपाली कला, धर्म संस्कृति जस्ता विषयलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको इभेन्ट रोयलका निर्देशक बिजन मल्लले बताए ।

कार्यक्रममा प्रवासमा रहेका नेपाली चेलीहरुलाई मनोरञ्जन थप आकर्षक बनाउन निशा केसी, एलिना चौहान, सम्झना मल्ल, शनि विश्वकर्मा लगायतका चर्चित कलाकारहरुले तीजका मिठा मिठा गीत र नाचले मनोरञ्जन दिएका थिए ।

तीजको इतिहाँस जोगाउने उदेश्यले संञ्चालन गरिएको उक्त कार्यक्रमलाई भव्य र सव्य रुपमा संञ्चालन गर्न सहयोग गर्ने सवैलाई तिज विषेश कार्यक्रमका आयोजक समितिले धन्यवाद दिएको छ ।

कार्यक्रममा Aussie Finance & Home Loans,राखु समाज अस्ट्रेलिया, ठकुरी समाज अस्ट्रेलिया, MONA Australia, Myagdi Overseas Nepalese Association, BABA Education Consultancy Sydney लगायतका सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार