मोनाको पाँचौं महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको असोज २६,२७ र २८ गते हुने भएकोे हो । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि महाधिवेशन असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी गराएकाे  हो ।

मोनाले अहिलेसम्म २८ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ । महाधिवेशनमा शाखाबाट सहभागी प्रतितिनिधहरुबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन हुने मोनाका सचिव सुवोध बरुवालले जानकारी दिनुभयो ।सदरमुकाम बेनीमा हुने महाधिवेशनमा विविध सांस्कृति तथा खेलकुद कार्यक्रम आयोजना गरिएको सचिव बरुवालले बताउनुभयो ।

महाधिवेशन हुनु पूर्व असोज २४ र २५ गते बेनीस्थित खुल्लामञ्चमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको छ । म्याग्दीका ६ पालिकाबाट २५ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने छन् । पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमश ः एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको सचिव बरुवालले जानकारी दिनुभयो ।

उहाँले यस प्रतियोगितामा २०५७ सालपछि जन्मिएका खेलाडीमात्र सहभागि हुने पाउने बताउनुभयो । प्रतियोगितामा उतकृष्ट खेलाडीलाई १० हजार रुपैयाँले पुरस्कृत गरिने छ । महाधिवेशनको अवसरमा मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ । मोनाले जिल्ला स्थित शैक्षिक ,स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा ठुलो सहयोग पु¥याउँदै आएको छ । मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष अम्मर छन्त्यालले महाधिवेशनलाई सफल बनाउन सबैलाई सहयोगको आह्वान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार