पाखापानीकी स्तन क्यान्सर पीडित सगुनको उपचारका लागि ३२ लाख रुपैयाँ जुट्यो(भिडिओ सहित)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी स्तन क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जाको उपचारका लागि करिब ३२ लाख रुपैयाँ जुटेको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी पीडित सगुनलाई हस्तान्तरण गरिएको छ ।

सहयोगी दाताहरुको विवरण भिडिओमा हेर्नुहोस् ।

वडा अध्यक्ष शेरपुजाले स्वदेश तथा विभिन्न देशमा रहेका पाखापानी, म्याग्दीली लगायत नेपालीबाट उक्त सहयोग रकम जुटेको बताउनुभयो । ‘‘पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि स्तन क्यान्सर पीडित सगुनको उपचारमा समस्या देखियो । उहाँलाई बचाउन र उहाँको उपचार सफल बनाउन मेरै नेतृत्वमा ‘सगुन बचाउ अभियान आर्थिक’ सङ्कलन सुरु गरिएको थियो ।

तीन महिनाको अवधिमा करिब ३२ लाख रुपियाँ सहयोग रकम जुटेको हो, सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु, वडा अध्यक्ष शेरपुजाले भन्नुभयो । पीडित सगुनका तीन छोरी हुनुहुन्छ । नेपालभरबाट तथा कोरीया ,पोर्तुगल,क्यानडा,स्पेन,बेल्जीयम,अमेरिका ,बहराइन ,युके,साउदीअरेबिया ,इटली,जापान ,अष्ट्रेलिया,साइप्रस ,कतार ,स्वीडेन ,कुवेत ,हङकङ, लगायत देशबाट सहयोग गरेका छन् ।

पीडित सगुनले भन्नुभयो, ‘‘वैशाखमा स्तनमा गिर्खा आएपछि अस्पतालमा जचाउँदा डाक्टरले क्यान्सरको लक्षण देखाएका थिए । अहिलेसम्म आठ वटामध्ये चार वटा किमो चढाएर उपचार गरिएको छ । फेरि किमो चढाएपछि भक्तपुर जानुपर्छ भन्नुभएको छ । यती खर्च हुन्छ भनेर भन्नुभएको छैन ।’’सगुन नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जावलाखेल ललितपुरमा उपचाररत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार