बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले दर्जिको घरगोठ पूर्णरुपमा क्षति पु¥याएको थियो ।

पहिरोमा परेर गोठमा रहेका भैसि, गोरु, पाडो, बाख्रा लगायतका चौपाय मरेका थिए । रु. २३ लाख बराबरको क्षति भएको थियो । नौ जनाको परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

वडा अध्यक्ष समेत रहनुभएका माओवादीका मंगला गाउँपालिका कमिटि अध्यक्ष याम रोका, वडा न. ३ का वडा कमिटि अध्यक्ष श्याम बहादुर थापा, वडा सदस्य टिकाकुमारी बिक, टोल कमिटि अध्यक्ष टेकबहादुर थापा, सचिव गंगबहादुर पुर्जा, सदस्य तिलक खत्री, मिलन रोकाको टोलीले रकम हस्तान्तरण गर्नुभएको थियो ।

विद्यार्थी नेता सञ्जन आचार्यको संयोजकत्वमा आर्थिक संकलन गरिएको थियो । यसअघि माओवादी केन्द्रको युवा संगठन वाइसीएलले असोज १८ गते रु. १२ हजार छ सय नगद सहित खाद्यान्न उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार