पहिरो पीडित शेरबहादुरको परिवारलाई प्रवासबाट करिब साढे एक लाख सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३,स्थित घामताङ्गका पहिरो पीडित शेरबहादुर नेपालीको परिवारलाई युके र स्वीडेनबाट करिब साढे एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मिना घर्ती मगरको पहलमा युकेमा शिला मगर्नीको नेतृत्वमा ८७ हजार र स्वीडेनमा नर रोका मगरको नेतृत्वमा संकलन गरिएकाे ५३,५०० रुपैयाँ पहिरो पीडित नेपालीको परिवारलाई हस्तान्तरण गरिएकाे छ ।

स्थानीय दर्पण रोका मगरका अनुसार, उक्त संकलित रकम घर्ती मगरले पीडित नेपालीको परिवारलाई शुक्रबार हस्तान्तरण गर्नुभयो । युके र स्वीडेनमा रहेका बरंजेली , म्याग्दीलीहरु लगायतले आर्थिक सहयोग गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले नेपालीको घरगोठ पूर्णरुपमा क्षति पु¥याएको थियो । पहिरोमा परेर गोठमा रहेका भैसि, गोरु, पाडो, बाख्रा लगायतका चौपाय मरेका थिए । २३ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । नौ जनाको परिवार अहिले सामुदायिक  भवनमा बस्दै आएका छन् ।

युकेबाट सहयोग गर्ने सहयोगी दाताहरु
1) seela magar £50
2)Amar roka£50
3)Laxman pun£50
4)bhakta roka £50
5)tham roka £50 अर्भेलान
6)tham roka£50 पोखरा
7)harkraj roka£50
8)balachandra roka£50
9)hom roka £50भकिमली 9
)nirmal pun £25
10)Lila purja£25बेनी
स्वीडेनबाट सहयोग गर्ने सहयोगिदाताहरु
अध्यक्ष  : नर बहादुर रोका 1000
उपाध्यक्ष :ज्ञान बहादुर पाइजा 500
सचिव : भिम भण्डारी 500
उपसचिव  : प्रेम गुरुङ 500
बरिष्ठ सल्लाहकार  :राजु भतचन 500
सल्लाहकार  : सेरबहादुर पाइजा 500
सल्लाहकार :अर्जुन गुरुङ 500
सल्लाहकार :टेक रोका र कृष्टि पुन 500
 जम्मा :4500

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार