देविस्थान विपद स्मृति अक्षयकोष उद्घाटन (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानमा स्थापित देविस्थान विपद स्मृति अक्षयकोषको उद्घाटन गरिएको छ । बुधबार कार्यक्रमका प्रमुख अतिथि एवं अक्षयकोषका संरक्षक पदमबहादुर बुढाथोकीले एक कार्यक्रमका विच उद्द्धाटन गर्नुभयो । विपद स्मृति अक्षयकोषकी अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाले देविस्थानबासीहरुको आपतकालिन उद्धारमा सहयोग गर्ने उद्धेश्यले स्थापना भएको अक्षयकोषमा संरक्षक पदमबहादुर बुढाथोकीका दम्पतीले चार लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भने देविस्थान घर भई हाल विभिन्न देशमा रहेका देविस्थानबासी, वडा अध्यक्ष मिम पुन,आमा समुह,विभिन्न संस्था लगायतको सक्रियतामा र सहयोगमा १४ लाख ६७ हजार ५५५ रुपैयाँ अक्षयकोषमा जम्मा भएको छ ।

अक्षयकोषका संरक्षक बुढाथोकीले स्वदेश तथा विदेशमा रहेका देविस्थानबासीको सहभागितामा अक्षयकोष स्थापना गर्न सफल भएको बताउनुभयो । अक्षयकोषको आर्थिक पारदर्शि र प्रभावकारी बनाउन समेत सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष तथा विपद स्मृति अक्षयकोषका उपाध्यक्ष मिम पुनले देविस्थानबासीको सहभागितामा स्थापित अक्षयकोष उदाहरणीय भएको बताउँदै यसलाई थप प्रभावकारी सञ्चालनको लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । वडा सदस्य तुलसीदेवि पुर्जा ,भिम माविका प्रअ डम्मबहादुर घर्ती,मगरदाङ आमा समुह सचिव सुनिता पाइजा पुन लगायतले बोल्नुभएको थियो । अक्षयकाेषबाट  अहिलेसम्म आगलागि पीडित र आर्थिक रुपमा कमजाेर भएका ६ जनाकाे परिवारलाई सहयाेग गरिएकाे छ ।

निवर्तमान वडा अध्यक्ष तथा अक्षयकोषका अध्यक्ष पिपला बुढाको अध्यक्षता र वडा अध्यक्ष एवं अक्षयकोषका उपाध्यक्ष पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।अक्षयकोषको रकमलाई बढाएर भविष्यमा वडा र गाउँपालिका संगको सहकार्यमा स्थानीय नागरिकलाई विपदको समयमा सहज सेवा प्रवाह गर्नको लागि एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना रहेको निवर्तमान वडा अध्यक्ष तथा अक्षयकोषकी अध्यक्ष पिपला  बुढाले बताउनुभयो ।

अक्षयकोषमा सहयोग गर्नेहरुको नामावली

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार