बेपत्ता युवतीको शव फेला

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पर्वतको जलजला गाउँपालिका–३,स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालका अनुसार,सो शव म्याग्दीको मङ्गला गाउँपालिका–३,बरङ्जा घर भई हाल बेनी नगरपालिका–८,क्याम्पसचोक बस्ने ३० वर्षिया पुष्पा सापकोटाको हो ।
सापकोटा सदरमुकाम बेनीबाट २० दिन अघि कात्तिक २१ गतेदेखी बेपत्ता हुनुभएको थियो । आइतबार सबै कानुनी पक्रिया पुरा गरेपछि शवलाई पोष्टमार्टमका लागि बेनी अस्पताल राखिएको प्रनाउ भुसालले जानकारी दिनुभयो ।स्थानीयले भिरमा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार