मनिषाको उपचारमा आर्थिक समस्या,सहयोग गरिदिन परिवारको आग्रह

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा आर्थिक समस्या भएको छ । भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचाररत पाईजाको उपचारमा आर्थिक समस्या भएको हो ।

चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी नर्स पाइजाको परिवारको आर्थिक अवस्था कमजोर भएपछि थप उपचारका लागि बुबा ओमबहादुर पाइजाले सहयोगका लागि अपिल गर्नुभएको छ । ‘चन्दा उठाएर भएपनि छोरीलाई नयाँ जिवन दिन सबैलाई अनुरोध गर्दछु, ‘महंगो खर्च धान्नै नसक्ने भएपछि सबैको साथ खोजेको छु’ओमराजले भन्नुभयो । हड्डीमा समस्या देखिएपछि उपचारको क्रममा चिकित्सकले क्यान्सरको पुष्टी गरेपछि घरपरिवारले गर्न सक्ने आर्थिक खर्च गर्दा समेत अपुग भएपछि सहयोग जुटाउने अभियान सुरु गरिएको घारसुन्न लालिगुराँस यूवा क्लवले जनाएको छ ।

आर्थिक अवस्था कमजोर रहेको अवस्थामा उपचार समेत महंगो भएपछि स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीबाट सहयोग अभियान सञ्चालन गरिएको छ । पीडित पाइजा स्वास्थ्य क्षेत्रमै कार्यरत रहेको अवस्थामा उपचारपछि पुनः बिरामीको हेरचाहमा लाग्ने चाहनालाई सबैले मिलेर पूरा गर्न स्थानीय समुदायले समेत अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार