प्रभा मावि भुपु विद्यार्थी मञ्चद्धारा पाँच विद्यालयका विद्यार्थीलाई स्विटर वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,स्थित प्रभा मावि भुपु विद्यार्थी मञ्चले वडाका पाँच विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका विच प्रभा मावि,लेक गाउँस्थित क्रान्ति आधारभुत विद्यालय,गाडपार स्थित नारच्याङ आधारभुत विद्यालय ,घराप स्थित निलगिरी आधारभुत विद्यालय र कोप्चेपानी स्थित धौलागिरी आधारभुत विद्यालयका एक सय ७५ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको मञ्चका अध्यक्ष तुलबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

वडा सदस्य श्याम पुर्जा ,अन्नपुर्ण युवा क्लबका अध्यक्ष टकबहादुर पुन ,अध्यक्ष गर्बुजा र सचिव नविन पुनले स्विटर वितरण गर्नुभएको थियो । विभिन्न देशमा रहेका पुर्व विद्यार्थीहरुबाट संकलित रकमबाट गत वर्ष नारच्याङमा स्टेज निर्माण गरिएको थियो । स्टेज निर्माण सम्पन्न गर्दा खर्च कटाएर बाँकी रहेको एक लाख रुपैयाँबाट स्विटर खरिद गरी विद्यार्थीलाई वितरण गरेको अध्यक्ष गर्बुजाले बताउनुभयो ।‘मञ्चको आयोजनामा संकलित रकमबाट गत वर्ष नारच्याङमा स्टेज निर्माण सम्पन्न गर्दा खर्च कटाएर बाँकी रहेको रकमबाट वडाका पाँच वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोयाममा सहज होस् भनेर स्विटर वितरण गरेका हौं,’ मञ्च अध्यक्ष  गर्बुजाले भन्नुभयो ,‘मञ्चले आगमी दिनमा पनि शैक्षिक क्षेत्रको विकासका लागि काम गर्ने योजना बनाएको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार