एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनमार्फत अधिवेशन सदरमुकाम बेनीमा आयोजना हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मुल नारासहित अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो ।

भिडिओ हेर्नुहाेस्…

केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश सदस्य हरीकृष्ण श्रेष्ठ र जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी तथा उपसचिव थमसरा पुनको उपस्थितीमा जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले पत्रकार सम्मेलन गर्नुभएको हो। अध्यक्ष केसीका अनुसार जिल्लाका ३ हजार ४ सयबढी संगठित पार्टी सदस्यहरुबाट ४ सय १९ जना प्रतिनिधी छनौट जिल्ला अधिवेशनमा सहभागी हुने छन् ।

थप ११ जनालाइ आवश्यकताको आधारमा जिल्ला कमिटीले मनोनयन गर्ने ब्यवस्था भएको अध्यक्ष केसीले बताउनुभयो । अधिवेशनमा सवैभन्दाबढी बेनी नगरपालिकाबाट ७३ जना प्रतिनिधी छनौट हुने छन् । प्रतिनिधी छनौट गर्दै वडा कमिटी, पालिका कमिटीहरुले प्रत्यक १० जना सदस्यमध्य एक जना ४० बर्षमुनीको युवा छान्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार