गर्बुजाको हत्यामा संलग्न चार जना पक्राउ

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार साँझ खुकुरी प्रहारी गरी एक युवाको हत्यामा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेकाे छ । साँझ ५ :४५ बजेको समयमा धारिलो चक्कु प्रहारी गरेर जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोकमा बस्दै आउनुभएका २१ वर्षिय सुशिल गर्बुजाको हत्यामा संलग्न धवलागिरी गाउँपालिका–४,का अमृत पुर्जा ,रघुगंगा गाउँपालिका–७,घर भई हाल गलेश्वर बस्ने १९ वर्षिय उत्सव पुन,धवलागिरी–४,घर भई हाल बेनी बस्ने २१ वर्षिय शंकर घर्ती ,मंगला गाउँपालिका–२,हाल बेनी बस्ने २३ वर्षिय प्रविन जिसीलाई पक्राउ गरिएको जिप्रका म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक कुमार गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । बेनी स्थित विभिन्न ठाउँमा लुकेर रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट एक थान चक्कु र एक थान खुकुरी बरामद गरिएको छ । न्यूरोड स्थित भित्री गल्लीमा चक्कु प्रहार सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीद्धारा जारी विज्ञप्तीमा घटनामा कति जना युवाहरु संलग्न थिए भन्ने बारे जानकारी गराइएको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार