मगर दिवसमा बेनीमा दोस्रो अन्तर मावि सालैजो तथा शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल मगर संघको ४२ औैं स्थापना दिवस तथा संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा दोस्रो अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुने भएको छ । नेपाल मगर संघ जिला समन्वय समिति म्याग्दीको आयोजनामा फागुन १५ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमशः २० हजार ,१२ हजार,८ हजार नगद सहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वना हुने टिमले पाँच हजार नगद सहित प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।

धवलागिरी क्षेत्रको पहिचान मौलिक सालैजो र शिरफुल लोक नृत्यको प्रवद्र्धन र जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिताको संचालन गर्न लागिएको अध्यक्ष लोकबहादुर पुन (लोकेश)ले बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन आर्थिक र प्रत्यक्ष रुपमा सहभागिता जनाएर सहयोग गर्न अपिल गर्नुभएको छ । साथै कार्यक्रम उद्घाटनको पुर्वसन्ध्यामा बृहत झाँकी सहितको ¥याली प्रदर्शन गरिने भएको छ । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने प्रतियोगितामा एक टिममा कम्तीमा ४ जनादेखि बढीमा ८ जनाले मात्र नृत्य प्रस्तुत गर्न पाउनेछन् । मगर संघ म्याग्दीले यसअघिका मगर स्थापना दिवसमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार