गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

  म्याग्दी न्युज संवाददाता

बागलुङ। बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो ।पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा गण्डकी सरकारको मन्त्रिपरिषद् वैठक बसेको छ । वैठकमा सभागि हुन मुख्यमन्त्री सरेन्द्रराज पाण्डे लगायतका अन्य मन्त्रीहरु सोमबार विहान पञ्चकोटमा आउनुभएको थियो । पञ्चकोटमा आगमी फागुन ९ देखि २३ गते सम्म अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना हुँदै छ । गण्डकी प्रदेश सरकारले महायज्ञको प्रचारप्रसारलाई टेवा पु¥याउन महायज्ञस्थलमै वैठकको आह्वान गरेको हो ।

मन्त्रिपरिषद् वैठकले क्यान्सर र ब्रेन ट्युमरका ७० जना विरामीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका ८ वटा निर्णयहरु गरेको सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।प्रवक्ता तिवारीले दिएको जानकारी अनुसार वैठकले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने,गोरखाको नासो गाउँपालिकाको वडा सीमाना संसोधनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,सपमुरक तथा विशेष अनुदान अन्तर्गत आयोजना÷कार्यक्रम समावेश गर्न नेपाल सरकार मार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी गण्डकी प्रदेश आन्तरिक लेखापरिक्षण निर्देशिका २०८० स्विकृत गर्ने,गण्डकी प्रदेश साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जमाको लागि सैद्धान्तिक स्विकृति दिने निर्णय वैठकले गरेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।यस्तै वैठकले गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृति दिने र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण,विस्तार,तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० लाई गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृत दिने सम्बन्धी निर्णय भएको उहाँले जानकारी दिनुभयो । वैठकले फागुन ९ गते देखि २३ गते सम्म पञ्चकोटमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सफल पार्न प्रदेश सरकारले आर्थिक र नैतिक सहयोग गर्ने प्रवक्ता तिवारीले बताउनुभयो ।

पञ्चकोटमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद वैठकले पञ्चकोटवासीहरु उत्साहित भएको वडा नम्बर ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषदको वैठकले हामीलाई उत्साहित बनाएको छ ब्रह्माण्डीय महायज्ञका संकल्प कर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले भन्नुभयो, ‘‘वैठकले महायज्ञको प्रचारप्रसारलाई थप सहयोग मिल्ने आशा गरेका छौं ।’’ पञ्कोटलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गरी मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको कमलनयनाचार्यले बताउनुभयो ।एकसय ८ कन्याहरुबाट महायज्ञको सामुहिक उद्घाटन गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।महायज्ञको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार