जापानमा प्रथम मोना फेस्टिबल हुँदै,फेस्टिबल सफल बनाउन संघ संस्थाले सघाउने

  म्याग्दी न्युज संवाददाता

बेनी । जापानमा पहिलो पटक मोना फेस्टिबल हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापानको आयोजनामा जापानमा म्याग्दीलाई चिनाउने उद्धेश्यले टोकियो स्थित ईताबासी कुको खामिईताबासीमा आगामी अप्रिल २७ र २८ तारिखमा म्याग्दी (मोना) फेस्टिबल हुने भएको हो ।नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं गन्तब्यहरुको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने र जन्मभूमी म्याग्दी सहित सम्रग नेपालको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले आयोजित मोना फेस्टिवलको आर्थिक सहयोग तथा प्रचारप्रसार सहित अन्य आवश्यक तयारी तिब्र पारिएको मोना जापानका अध्यक्ष विशाल केसीले बताउनुभयो । उहाँका अनुसार,फेस्टिबलका लागि ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा १५० सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ ।

‘फेस्टिबलमा म्याग्दीका पर्यटकीय गन्तब्यको बिशेषतालाई समेत प्रष्टाउने, म्याग्दीका उत्पादन, धार्मिक तथा कला र संस्कृतिको महत्वका बारेमा समेत जापानी र अन्य मुलुकबाट जापानमा रहेकालाई समेत जानकारी गराउने भएकाले फेस्टिबल समग्र म्याग्दीका लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ,’अध्यक्ष केसीले भन्नुभयो ।मोना जापानले जिल्लामा विभिन्न सामाजिक क्रियाकलापमा सहभागीता जनाउँदै आएको छ ।

मोना जापानका क्षेत्रीय उपाध्यक्ष रुपेश पुन फेस्टिबलले जिल्लाका चर्चित पर्यटकीय गन्तव्य र सम्भावित ठाउँहरुको पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्नेमा विश्वास गर्नुहुन्छ।फेस्टिबल सम्पन्न गर्न बिभिन्न ६ वटा उपसमिति समेत गठन गरिएको मोना जापानका प्रबक्ता कमल बानियाँले बताउनुभयो । करीव २० वटा स्टलहरु रहने फेस्टिवलमा म्याग्दी जिल्लाको धार्मिक, पर्यटन, कला र संस्कृतिलाई प्राथमिकता दिइनेछ ।फेस्टिबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली कलाकार र जापानी कलाकारहरुको विशेष मौलिक सांस्कृतिक प्रस्तुती रहने छ । कार्यक्रम सम्पन्न गर्न करिब ४५० मान अर्थात नेपाली ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसैबीच मोना जापानले  सबैलाई फेस्टिबल सफल बनाउन आवश्यक सहयोगका लागि समेत अपिल गरेको छ ।

फेस्टिबल सफल बनाउन संघसंस्थाले सघाउने

फेस्टिवललाई भब्य सफल बनाउने जापानमा रहेका नेपाली संघसंस्थाले प्रतिबद्धता जनाएका छन् । म्याग्दी, गण्डकी प्रदेश एवम् नेपालका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरुको जापानी समुदायमाप्रचार प्रसार र पर्यटन प्रवर्धन गर्ने मुख्य लक्ष्य सहित ईताबासीकुको सहकार्यमा अप्रिल २७ र २८ तारिखमा हुने फेस्टिवललाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने साझा प्रतिबद्धता जनाएका थिए ।फेस्टिबलका बारेमा गण्डकी प्रदेश अन्तर्गतका संघ संस्थाहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा यो सम्रग गण्डकी प्रदेशकै लागि सुन्दर अवसर भएकाले पूर्णरुपमा साथ र सहयोगमा कुनै कमी नराख्ने सहभागीले बताएका थिए ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन न्यूरे, गल्कोट समाज जापानका अध्यक्ष कालिका थापा,पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछाने, बलेवा समाज जापानका अध्यक्ष महेन्द्र ढकाल, पुन क्लब जापानका अध्यक्ष राम गर्बुजा, नेपाल व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेपाल आदिवासीजन जातिमहासंघ जापानका महासचिव प्रमिला राई, बरिष्ठ उपाध्यक्ष श्रीभक्त गुरुङ लगायतले बोल्नुभएकाे थियाे । प्रमुख अतिथि म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्काले म्याग्दी जिल्लाको पर्यटनका लागि कोशेढुंगा सावित हुने विश्वास गर्ने फेस्बिलबाट गण्डकी प्रदेशलाई नै झल्किने गरी तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

कार्यक्रम मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता,संस्थाका अन्तर्राष्ट्रिय समितिका युवा संयोजक सचिन श्रेष्ठको आतिथ्यता, संस्थाका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको स्वागत मन्तव्य एवम् महासचिव सागर कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले फेस्टिबल तयारीका बारेमा जानकारी जानकारी गराउनुभएकोे थियो। फेस्टिबलका लागि कार्कीको संयोजकत्वमा १५० सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ । कुल ४५० मान अर्थात नेपाली ४५ लाख खर्च अनुमान गरिएको मोना जापानका प्रबक्ता कमल बानियाँले बताउनुभयो । करीव २० वटा स्टलहरु रहने फेस्टिवलमा म्याग्दी जिल्लाको धार्मिक, पर्यटन, कला र संस्कृतिलाई प्राथमिकता दिइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार