विप्लव नेतृत्वको नेकपा म्याग्दीका नेता किसान माओवादी केन्द्रमा प्रवेश

  म्याग्दी न्युज संवाददाता

बेनी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता तथा पुर्व जनमुक्ति सेनाका कमाण्डर लालु किसान ‘आकाश’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार काठमाडौंमा किसानलाई माओवादीमा स्वागत गर्नुभयाे । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसान दश वर्षअघि माओवादी विभाजन पछि मोहन वैद्य समुह हुँदै ‘विप्लप’ नेतृत्वको नेकपामा आवद्ध हुनुभएको थियो ।

पछिल्लो समय विप्लप नेतृत्वका नेकपामा निश्क्रीय रहनुभएका किसान नेकपा परित्याग गरी  दश वर्षपछि मुल पार्टीमा फर्किदा माओवादीका नेता तथा कार्यकर्ताहरु उत्साहीत बनेका छन् । दश वर्षे जनयुद्धमा भूमिगत भएर जनमुक्ति सेनाको कमाण्डर बन्नुभएका किसान तत्कालीन माओवादी पार्टीको मगरात राज्य समिति सदस्य हुनुहुन्थ्यो । किसानले उत्पीडित समुदायको पक्षमा पैरवीका लागि नेतृत्व गर्दै आउनुभएको छ । उहाँ प्रभावशाली र बैचारिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

किसानसँगै माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर बिक, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा जिल्ला संयोजक रेशम बहादुर जुग्जाली, पोखरा महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान), विषेश प्रदेश सदस्य अर्जुन थापा, नेता धनलाल जैसी लगायत म्याग्दीका नेताहरुले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्नुभएको छ ।भेटघाटका क्रममा पार्टीको गतिबिधी, विकास निर्माण र समसामयिक विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन् । नेता किसानले परिवर्तनको पक्षधर शक्तिहरु एकिकृत भएर राजनीतिक अधिकारको रक्षा, संस्थागत गर्दै आर्थिक, सामाजिक रुपान्तरणको मुद्दामा अग्रसर हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार