मल्कबाङको जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५,मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो ।
मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा भलिबलतर्फ स्वर्ण पदक बिजेता खेलाडीहरुलाई जनही नगद रु ५ हजारको साथमा सम्मानपत्रद्धारा पुरस्कृत गरेको हो । छात्रा भलिबलतर्फ सहभागी भएका अञ्जना छन्त्याल, देनिशा छन्त्याल, रेजिना छन्त्याल, लालमायाँ सिर्पाली, यामुना छन्त्याल, कृति छन्त्याल र पृती छन्त्याललाई जनही नगद रु ५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यसैगरि उत्कृष्ट खेलाडी बन्न सफल अञ्जना छन्त्याललाई थप रु ५ हजार १ सय नगद सहित भलिबल र नेट पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट खेलाडी अञ्जनाले आफुले पुरस्कारको रुपमा पाएको नेट र बल विद्यालयलाई नै प्रदान गर्नुभएको छ । प्रतियोगितामा ३ हजार मिटर दौडमा रजत पदक बिजेता दिनेश सिर्पाली र ८ सय मिटर दौडमा रजत पदक बिजेता आस्था पुर्जालाई जनही नगद रु ४ हजार ५ सय तथा चार सय मिटर दौडमा कास्य पदक बिजेता रोजी गर्बुजा र सटपुटमा कास्य पदक बिजेता देनिशा छन्त्याललाई जनही नगद रु ४ हजार १ सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा सहभागी भएका सिल्पा लाम्गरे, बिमला सिर्पाली, निकिता छन्त्याल, सुदिप छन्त्याल, बिमल रसैली र देउ बहादुर सिर्पालीलाई जनही नगद रु दुई हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

मल्कबाङ समाज युकेले विद्यालयलाई नगद रु ३६ हजार बराबरको रंगीन प्रिन्टर समेत उपलब्ध गराएको छ । सोही अवसरमा हाल कतारमा रहनुभएका युवा रबिन्स छन्त्यालको पहलमा विद्यालय सहयोग अभियान अन्तरगत सहयोग संकलन गरेर विद्यार्थी खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । उक्त अभियानबाट स्वर्ण पदक बिजेता सात जना खेलाडीलाई जनही नगद रु २ हजार ५ सय, रजत पदक बिजेता दुई जनालाई जनही नगद रु २ हजार र कास्य पदक बिजेता दुई जना र छात्रा भलिबलका उत्कृष्ट खेलाडी एक जनालाई जनही नगद रु १ हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ । उक्त अभियानबाट विद्यालयलाई रु १५ हजार बराबरको शैक्षिक सामाग्री, ३ हजार ३५९ बराबरको सरसफाई डस्बीन, रु ६ हजार ६ सय बराबरको घडी समेत उपलब्ध गराईएको छ । उक्त अभियानबाट अर्धबार्षिक परिक्षाको पुरस्कार रु ६ हजार र ढुवानी रु १ हजार समेत उपलब्ध भएको विद्यालयले जनाएको छ ।

सोही कार्यक्रममा हाल अष्ट्रेलियामा रहनुभएका यनदेवी छन्त्याल, भिमकुमारी छन्त्याल र कृष्ण बहादुर छन्त्यालबाट विद्यालयलाई रु ३० हजार बराबरको केलकुदका सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्याल, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ख्यामराज सुवेदी लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याल र प्रअ सतेन्द्रकुमार यादबलाई उक्त सामाग्री हस्तान्रतण गर्नुभएको थियो ।

उक्त अवसरमा धवलागिरि गाउँपालिका–५, को वडा कार्यालयले विद्यालयको अतिरिक्त क्रियाकलापमा सहयोग पु¥याउन पोडिएम सहयोग गरेको छ । मल्कबाङ समाज युकेका अध्यक्ष शेरबहादुर छन्त्यालले उक्त कार्यक्रममा एक लिखित सन्देश पठाएर विद्यार्थीहरुको खेलप्रतिभाको सम्मान र थप हौँसला प्रदान गर्नको लागि समाजले उक्त नगद सहित सम्मान गरेको बताउनुभएको थियो । ‘‘विद्यालय सबैको साझा र अत्यावश्यक ठाउँ हो, आज विश्वका जुनसुकै ठाउँमा पुगेपनि हामीले विद्यालय र गाउँको मायालाई संधै शिरमा राखेर हिडेँका छाँै, विद्यालयको गुणस्तर र पुर्वाधार विकासमा सबैको साझा सहकार्य निरन्तर आबश्यक छ,’’– मल्कबाङ समाज युकेका अध्यक्ष छन्त्यालको सन्देशमा भनिएको छ ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष छन्त्यालले जनजागृति माविले खेलकुद क्षेत्रमा विस्तारै प्रगति गर्दै गएको बताउँदै प्रवासीहरुले विद्यार्थी खेलाडीहरुको हौँसला बढाउन गरेको योगदान प्रसंसनीय रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार पहिलो प्राथमिकतामा रहेको बताउँदै यसको लागि समेत सबै क्षेत्रबाट रचनात्मक साथ, सहयोग र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुवेदीले दुर्गम गाउँमा रहेको यस विद्यालयले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरुको खेलकुद क्षमताको विकास र विद्यालयको भौतिक पूर्वाधार निर्माणमा प्राप्त गरेको उपलब्धीले शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान दिनेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले विद्यालयको शैक्षिक, भौतिक र खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतमा रहेको बताउँदै सबै सरोकारवालाको साथ, सहयोग र सहकार्यले विद्यालयका लक्ष्यहरु पुरा हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयका प्रअ सतेन्द्रकुमार यादबले राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता खेलाडीहरुलाई मल्कबाङ समाजका अध्यक्ष शेर छन्त्याल र कतारमा रहनुभएका रबिन्स छन्त्यालको नेतृत्वमा विद्यालय सहयोग अभियानबाट नगद सहित पुरस्कृत गर्ने वातावरण तयार गरेकोमा सबै सहयोगदाताहरुलाई धन्यबाद दिनुभयो । उहाँले विद्यालयले जति नै मेडल जितेपनि दुबै जना अभियन्ता र सबै सहयोगदाताको सहयोग विना विद्यालयले विद्यार्थी खेलाडीहरुलाई यसरी हौँसला बढाउन सक्ने क्षमता नहुने बताउँदै विद्यालयको शैक्षिक सुधारको अभियानमा समेत सबैको रचनात्मक साथ र सहयोगको अपेक्षा राख्नुभयो ।

कार्यक्रममा मल्कबाङ समाज युकेले विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान दिएकोमा विद्यालयका प्रअ यादबलाई कदर पत्रद्धारा सम्मान गरेको थियो भने विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा मनसा काफ्लेलाई कदरपत्रद्धारा सम्मान गरिएको छ । त्यसैगरि विद्यालयका पहिलो आजिवन सदस्य नन्दकुमारी छन्त्याल सहित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यालयको तर्फबाट व्यवस्थापकिय जिम्मेवारीमा खटिएका तेजप्रसाद शर्मा, कृष्णकुमार आदब र कल्पना सुवेदीलाई विद्यार्थीहरुलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी गराउन रचनात्मक भूमिका खेलकोमा सम्मान गरिएको थियो । कार्यक्रममा लेखापाल तिर्थकुमारी छन्त्यालले आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष जगमान विक, सहायक प्रअ तेजप्रसाद शर्मा, शिक्षक कल्पना सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो भने शिक्षक शान्ति पुनले स्वागत र मनसा काफ्लेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

मल्कबाङ समाज युकेद्धारा जनजागृति माविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिने मोतिलाल पुरस्कारको लागि मोतिलाल कोष खडा गरिएको जनाइएको छ । उक्त कोषमा हाललाई रु ४ लाखको कोष जम्मा भएको र कोषको रकमबाट हरेक बर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने कोषका संरक्षक शेर छन्त्यालले जानकारी दिनुभयो । उक्त कोषमा शेर छन्त्याल, बिर छन्त्याल र पुर्ण छन्त्याल संरक्षक रहनुभएको छ जगेन छन्त्याल, यामप्रसाद छन्त्याल, उत्तम छन्त्याल सदस्य रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार